स्पर्शमा आयुर्वेद स्वास्थ्य शिविर हुने

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १३, २०७५
44974749_1059543507561003_5114761486337572864_n

पोखरा, १३ कात्तिक । पोखराको न्यूरोडस्थित स्पर्श आयुर्वेद अस्पताल प्रालिले आयुर्वेद स्वास्थ्य शिविर गर्ने भएको छ ।

प्रालिले पोखरा न्युरोडस्थित आदर्श चोकमा रहेको अस्पताल परिषरमा स्वास्थ्य शिविर गर्न लागेको हो ।

शिविर कात्तिक १६ देखि १९ गतेसम्म हुनेछ । शिविरमा निशुल्क स्वास्थ्य परिक्षण सहित विभिन्न सेवामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिने प्रालिका प्रवन्ध निर्देशक गजेन्द्र थापाले जानकारी दिए ।

शिविरमा हाडजोर्नी, पायल्स फिस्टुला, स्त्री तथा प्रसुती, मधुमेह , उच्च रक्तचाप लगायतको उपचार सेवा उपलब्ध गराइने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives