स्ववियु जनप्रियको रक्तदान कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता
फागुन १६, २०७४
28459494_2140451155982048_1612700512_n

पोखरा, १६ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम अन्र्तगत दोस्रो दिन बुधबार रक्तदान गरिएको छ ।

क्याम्पस परिषरमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेको युनियनकी सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिईन्।

कार्यक्रमको पहिलो दिन मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गरिएको थियो ।

जनप्रिय क्याम्पसका प्रमुख बिरञ्जी गौतम र स्ववियु सभापति आशिक गुरुङले रक्तदान गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेवि संघका महामन्त्री कुन्दन काफ्लेले नेवि संघले जित हासिल गरेका स्ववियुमा उत्कृष्ट काम गर्नुपर्नेमा जोड दिए।

चार दिवसीय कार्यक्रम अन्तर्गत तेस्रो दिन बिहीबार बालआश्रम तथा बृद्वाश्रमलाई सहयोग गरिदैछ भने १८ गते शुक्रबार वार्षिकोत्सव मूल समारोह गर्ने जनाएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives