हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन्

राष्ट्र न्यूज सम्वाददाता
पौष ३, २०७४
money group

धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ ।

धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित तरिकाले प्रयोग गर्नुभयो भने जीवन सुखमय हुन्छ । तपाईंको हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन् :

१. तपाईंको कमाई कम तर खर्च ज्यादा हुन्छ भने तपाईंलाई महिनाको अन्त्यमा साथीबाट ऋण लिने बाध्यता हुन्छ । त्यसैले आफ्नो खर्चको मनिटरिङ गर्न सुरु गर्नुहोस् । तपाईं आवश्यकता अनुसार मात्रै खर्च गर्नुहोस् ।

२. जुन चिज तपाईं चहानुहुन्छ, त्यसको लिस्ट बनाउनुहोस् । यस प्रकारले तपाईंको खर्च म्यानेज गर्न सहयोग पुग्छ ।

३. कुनै पनि नयाँ कामको शूरुवात गर्नको लागि धनको जरुरत पर्छ तर तपाईं अक्सर राम्रो महुर्तको आसमा काम शूरु गर्नुहोस् । यसो गर्नुभएन भने तपाईंको काम अड्काउन सक्छ, वा पैसा पनि धेरै खर्च हुनसक्छ । त्यसैले आफूसँग पैसा हुनेबित्तिकै तपाईं लगानी गर्नुहोस् ।

४. एक अर्कालाई देखाउनको लागि वा आकर्षक देखिने प्रयोजनमा हुने खर्चलाई नियन्त्रण गर्न पाउनुभएन भने वा सुविधा सम्पन्न जीवन जिउनको लागि तपाईंले कर्जा लिने आदतबाट बच्नुहोस् । घर वा बच्चाको पढाईको लागि कर्जा लिनुभयो भने उचित हुन्छ ।

५. कयौं व्यक्तिहरु बिना जानकारी शेयरबजारमा पैसा लगानी गर्छन् । यसले उसलाई नोक्सानको समेत बेहोर्नुपर्छ । तपार्ईं पनि बिना जानकारी यसरी पैसा खर्च नगर्नुहोस् । यो कदापी लगानी हुन सक्दैन । यो बाट बाच्नुहोस् ।

६. यो पक्कै गर्नुहोस् हरेक महिना कमाउनुभएको धनका केही रकमको हिस्सा बचत गर्नुहास् । कोशिस गरेपछि तपाईंलाई बचत गर्ने बानी बस्नेछ ।

७. तपाईं व्यापारमा हुनुहुन्छ भने रिक्स लिन नडराउनुहोस् । कुनै समय रिक्स नलिनुपनि रिक्स साबित हुन सक्छ । त्यसैले परिस्थितिको राम्रो विश्लेषण गर्नुहोस् र तपाईंलाई लगानी गर्न ढुक्क बनाउनेछ ।

८.क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छभने, आफ्नो बिलको ड्यु मिति भन्दा पछि तिर्नुहुन्छ भने यो आदतबाट बच्नुहोस् । समयमा ड्यू तिर्नु र फजुुल खर्च गर्नबाट बच्नुहोस् ।

९. चुरोट, रक्सी या अन्य नसालु पदार्थ सेवनको लत छ भने जरुर पैसा खर्च हुन्छ । यसले तपाईंको स्वास्थ्यमा पनि असर पर्छ । त्यसैले नशालु पदार्थमा पैसा खर्च गर्नको सट्टा बचत गर्नुहोस् । जुन तपाईंको भविष्यको आवश्यकतामा काम आउनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives