अचम्मको कुखराको भाले,सवै दंग परे

राष्ट्र न्यूज सम्वाददाता
पौष ३, २०७४
chicken-emergency-kit-feature-photo

कुखुराको भालेको आयु सामान्यतः कति वर्ष हुन्छ ? २ वर्ष, ३ वर्ष, ५ वर्ष ? अनुमान गर्नुभएको छ ? कास्कीको लेखनाथ महानगरपालिकाका एक कृषि वैज्ञानिकले एउटा यस्तो कुखुराको भाले हुर्काएका छन् की, त्यो १५ वर्ष भइसक्यो ।

लेखनाथको सिसुवास्थित लेखनाथ ह्याचरी एण्ड कृषि फार्म संचालक राजेन्द्र अधिकारी पेशाले चिकित्सक भए पनि २०५७ सालदेखि कुखुरा पालनमा लागेका छन् । कुखुरा पाल्ने मात्रै नभएर उनी नयाँ नयाँ जातका कुखुराको प्रजाति पनि जन्माउने गर्छन् । त्यही शिलशिलामा अधिकारीले भारतबाट ल्याइएको बंगाजाउ जातिको कुखुरा र नेपालकै पहाडी भेगमा पाइने बन कुखुराको क्रसबाट यस्तो भाले हुर्काएका हुन् । जुन भाले १५ वर्ष पूरा भएर १६ वर्ष लाग्यो ।

अधिकारीले आफ्नो फार्ममा यस्तै लामो आयु भएका अरु थुप्रै कुखुरा उत्पदन गरेका छन् । अचम्म के भने, ठुटे नामको यो भालेको मुल्य पनि महंगो छ । ‘डेढ लाख रुपैयाँ दिँदा पनि बेचिएन,’ कुखुराका मालिक अधिकारीले भने । उन्नत जातको भएकाले यसलाई महंगोमा किन्न खोजे पनि उनले बेच्न चाहेका छैनन् ।

यो भालेका गुण पनि अनौठा छन् । अन्य कुखुरा भन्दा यो विशेष किसिमको छ । अरु कुखुरालाई बोलाउने, चराउने, निगरानी गर्ने, मान्छेको भाषा बुझेर त्यही अनुरुप अरु कुखुरालाई तालिम दिने सम्मको काम यही भालेले गर्छ ।

साथै अरु साना चल्लालाई दाना–पानी खुवाउने काम पनि गर्छ यसले । अचेल बूढो भएर कान कम सुन्ने गरेको बताउँछन् अधिकारी । यद्यपी, अझै १० वर्ष बाँच्ने अनुमान छ अधिकारीको । अधिकारीले झण्डै ५ बर्षजतिको लामो अनुसन्धान र प्रयोगबाट यो कुखुराको जात उत्पादन गरेका हुन् ।

यसबाट उत्पादन हुने चल्ला लिन अरु किसान पनि आउने गरेको बताउँछन् उनी । चिकित्सा क्षेत्रमा क्रियाशिल भए पनि कृषि वैज्ञानिकको रुपमा गाउँमै बसेर समाजसेवा गर्न पाएकोमा खुसी लागेको अधिकारीको अनुभव छ ।

साभारः नेपालीकथा डट कम

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives