अचानक प्रधानमन्त्री पोखरामा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ७, २०७४
Deuba_Reuters

पोखरा, ७ मंसिर। प्रधानमन्त्री एवं काँगे्रस सभापति शेरबहादुर देउवा बिहीबार साँझ अचानक पोखरा आइपुगेका छन्।

कालिकोटमा आयोजित चुनावी सभालाई सम्वोधन गरी राजधानी फर्कने क्रममा साँझ परेका कारण राजधानी जान नसके पछि पोखरा आइपुगेका हुन्।

उनी हेलिकप्टरबाट पोखरा विमानस्थल अवतरण भएको बताइएको छ। उनी पोखराको राष्ट्र बैंक गेष्ट हाउसमा बसेका छन्।

साँझ परेका कारण सुरक्षाका दृष्टिकोणले हेलिकप्टर उडाउन नमिले पछि प्रधानमन्त्री पोखरा बसेको स्रोतको भनाई छ।

शुक्रबार विहानै प्रधानमन्त्री देउवा राजधानी फर्कने छन्। यो समाचार तयार पार्दासम्म पोखरामा प्रधानमन्त्रीको कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रम तय भएको छैन।

Related News

सम्बन्धित समाचार

Archives

Archives