अन्नपूर्ण मिजार समाजद्वारा समाजसेवी बस्याल सम्मानित

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ७, २०७७
bimal

पोखरा, ७ मंसिर । अन्नपूर्ण मिजार समाज पोखरा १३ ले समाजसेवी विमल बस्याललाई सम्मान गरेको छ ।

युवा व्यवसायी समेत रहेका बस्यालले समाज सेवामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसी र समाजका अध्यक्ष चेतभक्त नेपालीले उनलाई सम्मान गरेका थिए ।

कार्यक्रममा कास्की काँग्रसका सभापति केसीले मिजार समाजलाई सहयोग गर्न आफू सदैव तयार रहेको बताए ।

सम्मानित व्यत्तित्व बस्यालले समाज सेवामा समर्पित हुन पाउँदा खुशी लाग्ने गरेको उल्लेख गरे ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले अन्नपूर्ण मिजार समाजले रचनात्मक गतिविधि संचालन गरेको बताए ।

समाजका अध्यक्ष चेतभक्त नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शंकर नेपाली, सचिव राधा नेपालीले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives