अब फोहोरबाट बिजुली

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १, २०७४
lighting

लमजुङ, ३० फागुन। वेशीशहर बजार क्षेत्रमा संकलित फोहरबाट प्रतिदिन ४ दशलमव ४३ किलोवाट विद्युत् उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ। वैकल्पिक ऊर्जा प्रबद्धन केन्द्रले गरेको प्रारम्भिक सर्भेबाट त्यसको पुष्टि भएको हो।

केन्दका उपनिर्देशक डा नारायण अधिकारीका अनुसार वेशीशहर बजार क्षेत्रमा गरिएको प्रारम्भिक सर्भेका क्रममा दैनिक २ दशलमव ३ टन फोहर संकलन हुने र संकलित फोहरमध्ये १ दशलमव १५ टन फोहर बायोग्यास प्रविधिमा प्रयोग गर्न सकिने बताए। त्यसबाट ४ दशमलब ४३ किलोवाट विद्युत् निस्कने र उक्त विद्युत् ५० घरमा बिजुली बाल्न पुग्ने उल्लेख गरे।

केन्द्रले नगरपालिकाको फोहरलाई ऊर्जा परियोजनाअन्तर्गत वेशीशहरको फोहरको अवस्थाका बारेमा प्रारम्भिक अध्ययन गरेको हो। नगरपालिका र केन्द्रबीच गत असोज २४ गते सम्झौता भई सो काम थालिएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले जानकारी दिए। उनका अनुसार बजारवासीमा फोहर गर्न नडराउने तर फोहरदेखि भाग्ने प्रवृत्ति रहेकोले वायोग्यास प्लान्टबाट फोहरलाई मोहर बनाउन यो परियोजना अघि बढाइएको हो।

बजारको फोहरबाट दैनिक ६४ दशमलव ४ घनमिटरको वायोग्यास उत्पादन गर्न सकिने औसत तुलना गर्दा त्यो ३ वटा एलपीजी ग्यासको सिलिण्डर बराबर हुने कार्यक्रममा सहजीकरण गर्दै आएको केन्द्रका ऊर्जा विज्ञ सुसिम अमात्यले दिए। उनले बायोग्यास र विद्युत्को अतिरिक्त दैनिक २ सय ३९ किलोग्राम कम्पोष्ट मल समेत वायोग्यास प्लान्टबाट निस्कने बताए।

यहाँ निर्माण हुने वायोग्यास प्लान्ट ६४ दशलमब ४ घनमिटरमध्ये प्रतिघनमिटर २२ हजार खर्च हुन्छ। यो रकम करिब डेढ करोड रुपैयाँ बराबर हो। तर यसमा जग्गा र अन्य आवश्यक प्रक्रियाको लागि थप रकम छुट्टै लाग्छ केन्द्रका उपनिर्देशक डा नारायण अधिकारीले भने। उनका अनुसार केन्द्रले विश्व बंैकको सहयोगमा ४० प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ। नगरपालिकाले आवश्यक प्रक्रियासहित जग्गा उपलब्ध गराउनु पर्छ।

समयमै काम शुरु गर्न सके अबको करिब १ वर्षमा सम्पन्न हुने अनुमान प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। उक्त योजनाको विस्तृत अध्ययन हुन भने बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताए।

– अादर्श समाज सम्वाददाता

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives