अब ६५ वर्षमै बृद्व भत्ता, अरु निर्णय यस्ता छन्

राष्ट्र न्यूज सम्वाददाता
माघ १०, २०७४
ICT-Council-Nepal

पोखरा, १० माघ। सरकारले भूकम्प पीडितलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। सरकारले यसअघि भूकम्प पीडितलाई तीन लाख दिदै आएको अनुदान रकममा एक लाख थप गरी दिने निर्णय गरेको हो। घर निर्माणका लागि अनुदान थप गरेको बताइएको छ।त्यस्तै, बाढी पीडितलाई दिदै आएको अनुदान रकम पनि बढाउने निर्णय गरेको छ।

बैठकले सामाजिक सुरक्षा बापत दिने गरेको बृद्ध भत्ता ६५ वर्षकै उमेरमा दिने निर्णय गरेको छ। यस अघि सरकारले ७० वर्षको उमेरमा बृद्ध भत्ता दिँदै आएकोमा पाँच वर्ष घटाएको हो।

नीजि व्यवसायको लागि महिला दलित र विपन्न वर्गका मानिसले १ करोड सम्मको कम्पनी दर्ता गर्दा निशुल्क र त्यो भन्दा माथीको कम्पनी दर्ता गर्दा आधा शुल्कको सहुलियत दिने निर्णय गरेको छ।

सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतका अनुसार, सरकारले ४ जना महासेनानीलाई बढुवा गर्ने समेत निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives