अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि सेमिनार

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १५, २०७४
un8wm5Y94UyvWm877mFsQqFy

पोखरा, १५ मंसिर ।अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षितगर्दै पोखरामा सेमिनारको आयोजना हुने भएको छ ।

‘इपीमाइग्रेशन अष्ट्रेलिया’ नामक संस्थाले आगामी मंसिर १६ गते सेमिनारको आयोजना गर्न लागेको हो । ‘एएसएपी’को इभेन्ट म्यानेजमेन्टमा हुन लागेको सेमिनार चाउथेस्थित रोयल पाम रिसोर्टमा हुन लागेको हो ।

सेमिनारमा अष्ट्रेलियाको शिक्षा पद्दती, त्यहाँको शैक्षिक वातावरण र रोजगारीको अवसरको बारेमा विस्तृत जानकारी दिईने आयोजकले बताएको छ। उसले यो सेमिनार अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको लागि निकै फलदायीहुने विश्वास लिएको छ ।

सेमिनारमा विद्यार्थीहरुलाई सहजीकरण गर्नका लागि आयोजक संस्थाका प्रतिनिधिसँगै सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, भिक्टोरिया यूनिभर्सिटी र साउदर्न एकेडेमीका प्रतिनिधिहरु आउने इभेन्ट म्यानेजमेन्ट कम्पनीका अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए ।

पछिल्लो समय अष्ट्रेलिया धेरै विद्यार्थीहरुको आकर्षणमा परेको छ । अध्ययनका लागि जान अष्ट्रेलिया केहि खुकुलो भएदेखि त झन् विद्यार्थीहरु अन्य देशको तुलनामा अष्ट्रेलियाजान धेरै रुचाएको शैक्षिक परामर्शदाताहरु बताउँछन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives