अहिलेसम्म को कहाँ विजयी भए त ?

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २२, २०७४
Nirwachan Ayog

काठमाडाै – प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फको ७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमाले ५, माओवादी केन्द्र १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।

एमाले–माओवादीको बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फका ५६ स्थानमा अगाडी छ । जसमा एमाले ३८ र माओवादी केन्द्र १८ ठाँउमा अगाडी रहेका छन् । यस्तै नेपाली कांग्रेस ९ स्थानमा अगाडी छ ।

प्रतिनिधि सभामा विजयी हुनेहरु

म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार भुपेन्द्रबहादुर थापा विजयी भए । थापा २३ हजार ३०८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगेसका खमबहादुर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरे ।

प्रतिनिधिसभा सदस्यतर्फ मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भए । उनले कांग्रेसका टेकबहादुर गुरुङलाई पराजित गरे ।

त्यस्तै मुस्ताङमा वाम गठबन्धनले जित हात पारेको छ । वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचनले प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार रोमी गौचनलाई पराजित गर्दैै विजयी भए ।
पुर्वी रुकुममा प्रतिनिधिसभा बामगठबन्धनकी कमला रोका १० हजार ४ सय ३४ मत प्राप्त गरि विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले  ४ हजार ४ सय ६ मत प्राप्त गरे ।
मुगुबाट प्रतिनिधिसभामा एमालेका गोपालबहादुर बम १३०३४ मत सहित विजयी भए । बमका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हस्तबहादुर मल्लले ९८६१ मत प्राप्त गरे ।

प्रदेशसभामा विजयी हुनेहरु

हुम्लाको प्रदेशसभा ख मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५१९ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत पाएका ल्याए।

जुम्ला प्रदेशसभाको ‘क’ मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भए । रोकायले १० हजार ४ सय ५८ मत प्राप्त गरे भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याए ।

प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीको प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका विनोद केसी र प्रदेश ‘ख’ मा एमालेकी नरदेवी पुन विजयी भएका छन् ।

मनाङको प्रदेशसभातर्फ क निर्वाचन क्षेत्रमा दीपक मनाङे भनिने राजिव गुरुङ विजयी भए । मनाङे स्वतन्त्रबाट लडे पनि एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर सहयोग गरेको थियो ।

त्यस्तै, मुस्ताङको प्रदेशसभा ‘क’मा वाम गठबन्धनका तर्फबाट एमालेका इन्द्र धारा विष्ट विजयी भए भने प्रदेश ‘ख’मा पनि एमालेकै महेन्द्र बहादुर थकाली विजयी भए ।

यस्तै, पुर्वी रुकुमको प्रदेश निर्वाचन क्षेत्र १ (क) तेजवहादुर ओली र निर्वाचन क्षेत्र नं. २ (ख) मा पुर्णवहादुर घर्ती विजयी भएका छन् ।

पश्चिम रुकुमको प्रदेश निर्वाचन क्षेत्र नं। १ मा नेकपा माओवादी केन्द्रका रातो कामी विजयी भएका छन्। नेपाली कांग्रेसका कृष्णवहादुर रोकायलाई आठ हजार दुई सय ३३ मतले पछि पार्दै रातो कामी विजयी भएका हुन्।
रोतो कामीले १६ हजार आठ सय १० मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कृष्णवहादुर रोकायले आठ हजार पाँच ७७ मत प्राप्त गरे ।

हुम्लाको प्रदेशसभा ‘क’ मा वाम गठबन्धन (एमाले)का दलबहादुर रावल ७ हजार १५८ मत ल्याई विजयी भए । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे ।

रसुवाको प्रदेशतर्फ “क“ मा नेपाली कांग्रेसका प्रभात लामा विजयी भए । लामाले ६ हजार ९ सय ७६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कर्णेल लामाले ५ हजार एक सय ५२ मत प्राप्त गरे ।

स्रोत ः नागरिक न्यूज

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives