आगलागीमा दुई जनाको मृत्यू, एक घाइते

राष्ट्र न्यूज सम्वाददाता
माघ २, २०७४
fire

पोखरा, २ माघ। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा घाँस दाउरा लिन गएका दुई जनाको आगलागीमा परी मृत्यू भएको छ।

मृत्यू हुनेमा सोहि गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्ल रहेका छन्। गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर उनीहरुको मृत्यू भएको हो।

आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएका थिए। उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले घटना बारे ढिला गरी जानकारी आएको प्रजिअ भुपेन्द्र सापकोटाको भनाइ छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives