आज प्रजातन्त्र दिवस

राष्ट्र न्यूज सम्वाददाता
फागुन ७, २०७४
democracy day

पोखरा, ७ फागुन । १०४ बर्षीय जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको दिन आज विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ ।

आज देशभर नै विभिन्न संघसंस्थाले ¥याली, अन्र्तक्रिया, गोष्ठी, रक्तदान, दिपावली लगायतका कार्यक्रम तय गरेका छन्।

१०४ बर्षसम्म मुलुकमा अन्याय र अत्याचार गरेर नेपाली जनतामाथि शासन गर्ने राणा शासनको अन्त्य भै विसं २००७ फागुन ७ गतेका दिन नेपाल र नेपालीहरुले प्रजातन्त्र प्राप्त गरेका थिए ।

आज प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । गणतन्त्र स्थापनापछि दिवस मनाउन छाडिए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले बिदा दिने निर्णय गरेको थियो ।

यस दिवसको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै मुलुकको आर्थिक, सामाजिक रुपान्तरणसहित आमजनताको जीवनस्तर सुधार्न तथा विकास र समृद्धी ल्याउन आफ्नो सरकार दृढ रहेको उल्लेख गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives