आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने भारतको घोषणा

राष्ट्र न्यूज सम्वाददाता
पौष १७, २०७४
cricket image

नयाँ दिल्ली – भारतले सीमापार आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको छ।

सोमबार संसदीय प्यानलको बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतविरुद्ध आतंक फैलाउने र सैनिकमाथिको फायरिंग बन्द नगरेसम्म दुई देशबीच क्रिकेट सिरिजको कुनै सम्भावना नभएको जानकारी दिइन्।

उनले भारत–पाकिस्तानबाहेक अन्य देशमा पनि भारतले नखेल्ने स्पष्ट पारिन्। ‘जबसम्म पाकिस्तान आतंकवादीको सफाया र सीमापार गोलाबारी रोक्दैन् तबसम्म कुनै खेल सम्भव छैन्,’ उनले भनिन।

हिन्दूस्तानबाट छुट्टिएर अलग देशबनेसँगै पाकिस्तानको भारतसँग सम्बन्ध राम्रो छैन। यसको मारमा क्रिकेट पनि परेको छ। यी दुई देशबीच पछिल्लो ५ वर्षयता कुनै खेल हुनसकेको छैन्।

भारत र पाकिस्तानबीच अन्तिम खेल २०१२ मा भएको थियो। भारतमा भएको एकदिवसीय खेलमा पाकिस्तानले जित हासिल गरेको थियो।

स्रोतः नागरिकन्यूज

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives