आन्दोलन र संकटका बेला चिनिएका शुक्रराज

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २९, २०७४
23517952_1453614801426522_3654873656585498494_n

पोखरा, २९ कात्तिक । प्रतिबन्धित समयमा पनि जनताका घरआँगन अनि गोठहरुमा बास बसेर प्रजातन्त्रका लागि सदैव अग्रणी भागमा लडाईको मोर्चा सम्हाल्दै आएका सशक्त राजनीतिक योद्धा शुक्रराज शर्मालाई आफ्नै गाउँमा भेट्दा गाउँलेहरु निकै खुशी देखिए ।

नेपाली काँग्रेसका तर्फबाट कास्की क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शर्मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलोमा छन् ।

माछापुच्छे गाउँपालिका वडा नं. १ नेप्राङ स्थित सामान्य किसान परिवारका ६८ वर्षीय पूर्णबहादुर गुरुङ आफ्नो गाउँमा नेता शुक्रराज शर्मालाई देख्दा अचम्मित हुँदै भने– ‘ओहो ! त्यही ०४६ साल अनि ०६२÷ ६३ सालमा महेन्द्रपुलमा आन्दोलनको नेतृत्व गर्दै भाषण गर्ने शुक्रराज !’ विगतका आन्दोलनमा उनको भूमिका र जनताका लागि उनले गरेको त्यागलाई सम्झेर यसपटक सबै मिलेर जिताउने प्रतिवद्धता समेत त्यसअवसरमा गुरुङले गरे ।

‘तपाई प्रजातन्त्र र जनताका पक्षमा उभिने सच्चा योद्धा हो’ नेप्राङकै ६५ वर्षीय लक्ष बहादुर गुरुङले भने– ‘हामीलाई गुन तिर्ने मौका मिलेको छ । हामी सबै गाउँलेहरु तपाईको पक्षमा छौं ।’ पूर्णबहादुर र लक्ष बहादुर मात्र होइन, हरेक गाउँ गाउँमा भेटिएका पाका व्यक्तिहरु विगतलाई सम्झिदैं विभिन्न दैवि प्रकोपका घटना र अन्य विभिन्न खालका प्रशासनिक तथा विकास निर्माणमा शुक्रराजले खेलेको भूमिकालाई सम्झिँदै  त्यसक्षेत्र र काँग्रेसकै जिउँदो इतिहास भएको बताई रहेका थिए ।

मतदाताहरुसँगको भेटघाटबाट प्रसन्न देखिएका शुक्रराजले आफू जनताको सेवा र राष्ट्रको संकट मोचनका लागि राजनीतिमा होमिएकोले विगतमाझै सधै जनताको सेवामा लागिरहने उल्लेख गरे । आफूले गाउँको विकास र जनताका हरेक खालका समस्याहरुलाई सधैं केन्द्रबिन्दुमा राखेकाले पनि यसपटक आफ्नो पक्षमा र नेपाली कांग्रेसको पक्षमा मत दिन मतदाताहरुसँग आग्रह गरे।

घरदैलो कार्यक्रम अन्तर्गत बुधबार नेप्राङ, छैमल्याङ, चौरा लगायतका स्थानमा घरदैलो एवं कोणषभा भएको छ । कार्यक्रममा क्षेत्र नं. ३ अन्तर्गत प्रदेश नम्बर ख बाट प्रदेश सभा सदस्यका लागि उमेद्वार बन्नु भएकी शारदा पौडेलले गाउँको स्थानीय आयश्रोत पहिचान गरी गाउँघरमा नै लगानी गर्ने र त्यसबाट हुने आम्दानी गाउँमै भित्राउने वातावरण बनाउने बताईन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives