आर्वा कसेरी टोलमा सेनिटाइजर स्प्रे

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ११, २०७७
spray

पोखरा, ११ वैशाख । आर्वा कसेरी टोल विकास संस्थाले टोलमा सेनिटाइजर स्प्रे गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा आफ्ना टोलबासिलाई सुरक्षित राख्नका टोलमा सेनिटाइजर स्प्रे गरिएको हो ।

बाटो, कुलो, खानेपानी धारा, पाटी पौवा र टोल भित्र रहेका करीब एक सय १० घरधुरी वरपर क्षेत्रमा सेनिटाइजरले स्प्रे गरिएको टोल विकास संस्थाका अध्यक्ष भवसागर बरालले जानकारी दिए ।

सो कार्यका लागि पोखरा १३, काँहुखोलास्थित विनायक फर्माका प्रोप्राइटर नारायण बरालले सेनिटाइजरसहित प्राविधिक सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives