इट्टाभट्टिमा दुखद् घटना, एकको मृत्यू, आठ घाइते

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २६, २०७४
Chitwan_district_location-300×206

पोखरा,२६ मंसिर। पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोकस्थित इट्टाभट्टीमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

इट्टाभट्टीको राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको हो । इट्टाभट्टीमा मंगलबार दिउँसोे इट्टा तयार गर्ने क्रममा घटना भएको थियो।

घटनापछि डाँगीलाई उपचारार्थ कलेज अफ मेडिकल साइन्स भरतपुरमा भर्ना गरिएपछि उपचारका क्रममा मृत्यू भएको प्रहरीको भनाई छ।

घटनामा परी कालिका नगरपालिका सूर्यपुरकी कान्छीमाया बोम्जन, कालिका –३ की निर्मला थिङ, कालिका – १ की सरिता बोम्जन, रोल्पा घर भएकी रिमा बुढामगर, भुपबहादुर पुन, दिलबहादुर क्षेत्री, दिपा पुन र भारत घर भएका अब्दुल रहिम घाइते भएका छन्।

उनीहरुको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives