उपचारका लागि अस्मितालाई आर्थिक सहयोग

राष्ट्र न्यूज सम्वाददाता
भाद्र ५, २०७५
asmita bk

पोखरा, ५ भदौ । माछापूच्छ«ृे गाउँपालिका वडा नं २ निवासी १९ वर्षिया अस्मिता बिकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

स्थानीय क्लब, आमा समूह र टोल विकास संस्थाले उनलाई ४४ हजार छ सय ९५ रुपैया सहयोग गरेको माछापूच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यले जानकारी दिए ।

स्थानीय शान्ति आमा समूहले ११ हजार तीन सय २५, ग्रिन फोर्स युवा क्लबले १० हजार , मङ्गोलियन टोल सुधार समितिले ६ हजार सात सय सहयोग गरेका छन् ।

त्यस्तै, ग्रिन फोर्स युवा क्लब, शान्ति आमा समूह र संगम टोल सुधार समितिको सामुहिक सक्रियतामा १६ हजार ६ सय ७० रुपैया सहयोग गरिएको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अस्मिताले सहयोगको याचना गरेकी थिईन् ।

एप्लाष्टिक एनिमियाबाट प्रभावित उनको हड्डी भित्रको मासि प्रत्यारोपण गर्नु पर्ने अवस्था छ । उनी जेठदेखि बिरामी अवस्थामा छन् । हालसम्म उनको उपचारका लागि पाँच लाखभन्दा बढी रकम खर्च भैसकेको छ । उनलाई उपचारार्थ पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ ।

उपचारका लागि अझै करिब २० लाख खर्च लाग्ने बताइएको छ । उनलाई सहयोग गर्नका लागि प्रभु बैंक लिमिटेडको बैंक खाता नम्बर ०१६०१००१०६२७७३०००००१ मा रकम जम्मा गरिदिन सक्नु हुनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives