उपभोत्ता ठग्र्ने दुई हजार बढी कारवाहीमा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ११, २०७४
Dhak-taraju

काठमाडौँ, ११ चैत । अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोत्ता ठग्ने गरेको पाइएको छ ।

यसरी ठगी गर्ने दुई हजार एक सय ३६ व्यापारीलाई नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयल कारवाही गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रूपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिए ।

कार्यालयले चालू आवमा चार हजार चार सय ३० व्यवसायीले नाप्ने तौलने यन्त्रको जाँच, तीन सय ४० पेट्रोलपम्प जाँच र १६ पेट्रोलियम ढुवानी ट्याङ्कर जाँच गरेको छ।

कार्यालयले चालू आवमा करीव रु एक करोड ८६ हजार राजश्व संकलन समेत गरेको छ ।

त्यस्तै एक हजार एक सय ५६ व्यवसायीले नयाँ अनुमतिपत्र र ४२ व्यवसायीले इजाजतपत्र लिएका छन् ।
–––

Related News

सम्बन्धित समाचार

Archives

Archives