एलजी संगम हङकङद्वारा गुरुङलाई सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार २७, २०७६
sahayog

पोखरा, २७ असार । एलजी संगम हङकङले मादी गाउँपालिका वडा नं ८ घर भई हाल पोखरा–१३ संगम टोलमा बस्दै आएका गोपीचन्द्र गुरुङ (रातो भाले मामा)लाई आर्थिक सहयोग गरेको छ ।

उनलाई २ लाख २६ हजार ३ सय ७१ रुपैया आर्थिक सहयोग गरिएको हो । हङकङमा रहदै आएका एलजी संगमका सदस्यले सो रकम जुटाएका हुन् ।

सहयोग रकम संगम क्लबका अध्यक्ष शिव गुरुङ ‘माया’ र एलजी एसोशियशनका अध्यक्ष डम्मरजंग गुरुङले संयुत्त रुपमा हस्तान्तरण गरेका थिए ।

विगत तीन वर्षदेखि कलेजोको समस्याबाट प्रभावित गुरुङलाई उपचारार्थ आर्थिक अभाव भएकाले सहयोग गरिएको हो । गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

विगतदेखि नै एलजी संगम हङकङले यस्तै सहयोग गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives