एसइई परीक्षा दिइरहेकी छात्रा मृत अवस्थामा, हत्याको आशंका

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १३, २०७४
surkhet-district-map

सुर्खेत, १३ चैत । यसवर्षको एसइई परीक्षा दिइरहेकी एक छात्रा मृत अवस्थामा फेला परेकी छन्।

सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिका– ३ की १८ वर्षीया गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । उनको टाउको र शरिरमा चोट देखिएका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

हत्या भएको आशंकामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयहरुले कोठामा गएर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

परीक्षा दिनका लागि पञ्चपुरी नगरपालिका –५, कै बाबियाचौरमा डेरा लिएर बसेकी थिइन्।

सूर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययनरत छात्रा विद्याज्योति माविमा परीक्षा केन्द्रबाट परीक्षा दिदै आएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives