एसईईको परीक्षाफलमा भएको त्रुटी छानविन गरी कारवाही गर्न नेवि संघको माग

राष्ट्र न्यूज सम्वाददाता
असार १३, २०७५
36271709_1493979417380327_779160952154095616_n

काठमाडौं, १३ असार । गत शनिबार प्रकाशित भएको माध्यमिक शिक्षा (एसईई)को परीक्षाफलमा त्रुुटि भएको भन्दै नेपाल विद्यार्थी संघले ध्यानाकर्षण भएको जनाएको छ ।

नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले एसईईको परीक्षाफल जस्तो सम्वेदनशील विषयमा राष्ट्रिय परीक्षा बोर्डले गरेको लापरबाही प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै महामन्त्री काफ्लेले नेपाल सरकार, शिक्षा मन्त्रालय र मातहतका निकायकोे गैर जिम्मेवारीका कारण त्यस्तो भएको उल्लेख गरे ।

परीक्षाफल त्रुटी हुनुले शिक्षा मन्त्रालय, मातहतका निकाय र मन्त्रालयको नेतृत्व गरेका मन्त्री पोखरेलको कार्य क्षमतामाथि समेत प्रश्न खडा भएको छ । लाखौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्ने गरी एसईई परीक्षाको नतिजामा भएको त्रुटिको यथाशीघ्र सत्यतथ्य छानविन गरी दोषी परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीहरुलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न नेवि संघले माग गरेको छ ।

केन्द्रीय सदस्य शुशिल भट्टले नेवि संघ अब राजनैतीक सँगै शैक्षिक आन्दोलनमा पनि रचनात्मक ढंगले उत्रने बताए ।

ज्ञापन पत्र बुझाउन नेवि संघका उपाध्यक्ष रामप्रसाद अधिकारी ,नविन राई, केन्द्रीय सदस्यहरु रत्न हरि ढुंगेल, प्रकास सेढाइ, आर.सी भट्टराई, ममता महतो, शैलेन्द्र शर्मा गौडेल, विद्यार्थी नेताहरु निरञ्जन थापा, बिपिन अधिकारी, डुजाङ शेर्पा, स्वेच्छा उप्रेती, पवन थापा, हरि आचार्य , सुवाष घिमिरे, सान्त शिवाकोटी र सन्तोष गुरुङ लगायत पुगेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives