‘कम्युनिष्ट भ्रम छर्ने मात्र हुन्, काँग्रेसले देश र जनताको हित गर्छ’

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३, २०७४
congress

पोखरा, ३ चैत। कम्युनिष्टले जनताका माझमा भ्रम सृजना मात्र गर्ने भएकाले काँग्रेसले नै जनताको हितमा काम गर्नुपर्नेमा नेता तथा कार्यकर्ताले जोड दिएका छन् ।

नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीले हेमजामा शुक्रबार आयोजना गरेको प्रदेश ‘क’ स्तरीय कार्यकर्ता भेलामा बोल्ने नेता तथा कार्यकर्ताले सो कुरामा जोड दिएका हुन्।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले काँग्रेसका उम्मेदवारले छाँया सरकारको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘काँग्रेसले टिकट चुनाव लड्नका लागि मात्रै दिएको होइन्’–उनले भने–‘चुनाव जितेकाले नीति तथा कार्यक्रम ल्याउने र हारेकाले जनताका कार्यक्रम लिएर पाँच वर्ष काम गर्नुपर्दछ।’

निर्वाचनमा के भयो भन्दा पनि अव कसरी काँग्रेसलाई जनता माँझ अझ शशक्त बनाएर लैजाने त्यस तर्फ सोच्नु पर्ने उनको भनाइ थियो।

नेपाली काँग्रेसका नेता खेमराज पौडेलले काँग्रेस हारेपनि विचराले जितेको हुदाँ अव जनतामाँझ स्पष्ट खाका लिएर जानुपर्ने उल्लेख गरे।

पूर्वसांसद शारदा पौडेलले काँग्रेस एक भएर लाग्नु पर्ने वेला आएको बताइन्।

महासमिति सदस्य रामचन्द्र त्रिपाठीले काँग्रेसका हरेक संगठन संगठित गरेर लानु पर्ने बताए।

नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले जनताका हरेक दुःख सुखमा काँग्रेसले साथ दिनु पर्ने बताइन्।

कार्यक्रममा नेपाली काँग्रेसकी महासमिति सदस्य हरिमाया गुरुङ, जिल्ला सदस्य अम्मरबहादुर कार्की ‘अनिल’, विष्णुबहादुर क्षेत्री, शंकर ढुंगाना, किसान संघ कास्कीका सभापति भेषराज पराजुली, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, डा. यमनाथ तिमिल्सिना, नेपाल महिला संघ क्षेत्र नं. ३ कास्कीकी सभापति खेमकुमारी गुरुङ, माछापुच्छ«े गाउँपालिका संयोजक मधुसुदन अधिकारी, माछापुच्छ«े गाउँपालिका वडा नं. १ का सभापति भीमबहादुर गुरुङ, २ का सभापति गुञ्जमान गुरुङ, ७ का सभापति शुकबहादुर गुरुङ, पोखरा लेखनाथ–१९ का सभापति महेश्वर पौडेल, १८ का सभापति शिव तिमिल्सिना, १ का सभापति टंकनाथ पौडेल, २५ का सभापति मधुसुदन त्रिपाठीले बोलेका थिए।

नेपाली काँग्रेस क्षेत्र नं.३ कास्कीका सभापति पोषनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति कमलबहादुर गुरुङले स्वागत र सचिव खिमलाल बाँस्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए। शनिवार प्रदेश ‘ख’ को कार्यकर्ता भेला नागडाँडामा हुने भएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives