कहाँ छन् दीपक मनांगे ? प्रहरीले इन्टरपोल मार्फत खोजी गर्दै

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ४, २०७४
Deepak-Manange-4.17-2073_1

काठमाडौँ, ४ चैत । प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’ मार्फत खोजी अभियान शुरु गरिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा दीपक मनांगे भनिने राजीव गुरुङको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरिएको छ ।

मनांगे नेपाल बाहिर रहेको सूराकी पाएपछि प्रहरीले उनको नाममा र‘ेड कर्नर नोटिस जारी गरेको हो । योसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले मनांगेको खोजी गर्ने छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको जानकारी दिएका छन् ।

प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् ।

गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्ष कारागार सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives