काँग्रेसका सिंह र थापा विजयी

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २३, २०७४
24796408_690270747843702_2403408960200801226_n

काठमाण्डौ, २३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र गगन थापा प्रतिनिधिसभामा विजयी भएका छन् ।

सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट र थापा काठमाण्डौ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन्।

सिंह विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गरेका हुन् भने थापाले नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछिपार्दै जित हासिल गरेका हुन्।

सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् ।

थापा २१ हजार ५५१ मत ल्याएर विजयी भएका हुन्। भट्टराईले १८ हजार १ सय ४० मत पाएका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives