काँग्रेसको ज्ञापनपत्र बुझाउँने कार्यक्रम स्थगित

राष्ट्र न्यूज सम्वाददाता
असाेज २८, २०७५
nc-flag

पोखरा, २८ असोज । नेपाली काँग्रेसले आइतबारका लागि तय गरेको जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएको छ ।

नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनका कारण कार्यक्रम स्थगित भएको हो ।

काँग्रेसले महंगी र चर्काे कर बिरुद्व सरकारको ध्यानाकर्षण गराउँन आज देशव्यापी रुपमा ज्ञापनपत्र बुझाउँने कार्यक्रम तय गरेको थियो ।

केन्द्रीय परिपत्र अनुसार, कास्कीमा पनि कार्यक्रम स्थगित भएको पार्टीका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives