काँग्रेसको तर्फबाट उपसभामुखमा भुसाल उम्मेदवार

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १, २०७४
puspa bhusal

काठमाडौँ, १ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने भएको छ ।

यसअघि काँग्रेसले सभामुखमा पार्टीका तर्फबाट उम्मदेवारी नदिएपनि उपसभामुखममा नेतृ भुसाललाई उम्मेदबार बनाउने भएको हो ।

भोलि चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस पदाधिकारी बैठकले उनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अर्घाखाँचीकी भुसाल समानुपातिक सांसद हुन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पहिलो संविधानसभामा पनि सांसद थिइन् ।

संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचन हुदैछ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives