काँग्रेसद्वारा उपचारार्थ पाण्डेलाई आर्थिक सहयोग

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १४, २०७५
Congress help photo

पोखरा, १४ मंसिर । नेपाली काँग्रेसले उपचारार्थ नेपाल विद्यार्थी संघ तनहुँ क्षेत्र नं १ का सभापति बद्रि पाण्डेलाई आर्थिक सहयोग गरेको छ ।

तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारीका पाण्डेलाई नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिति मकाउ, साईप्रस र क्यानडाले सहयोग गरेको हो ।

नेपाली काँग्रेस कास्कीको परिषरमा आयोजित कार्यक्रमबीच मकाउको तर्फबाट ४१ हजार चार सय १५, क्यानडाको तर्फबाट ३० हजार र साईप्रसको तर्फबाट १७ हजार सहयोग गरिएको थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङ र क्यानडाका सदस्य कृष्ण रेग्मीले पाण्डेलाई संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका सरस्वती गुरुङ र उमा ठकुरीले एक हजार पाँच सय÷एक हजार पाँच सय, सिकन्दर गुरुङ र गिरिराज गौतमले एक हजार एक सय÷एक हजार एक सय, भोजराज सुवेदी, ज्योती कोइराला, विकास थापा, देवकृष्ण पराजुली, सुवर्ण केसी, सित्तल अधिकारीले एक÷एक हजार रुपैया सहयोग गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देश÷विदेश जो जहाँ रहेपनि नेपालीवीच सद्भाव रहेको उल्लेख गरे ।

नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले सहयोगी मनलाई कहिले दुःख नहुने बताईन् ।

नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेखबहादुर गुरुङले पाण्डेले आर्थिक अभाव बारे जानकारी गराएपछि उनलाई सहयोग गरिएको बताए । पाण्डे विगत सात वर्षदेखि टाउँका र आँखा सम्वन्धी समस्याबाट प्रभावित छन् ।

नेपाली काँग्रेस कास्कीका उपसभापति आईबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला सदस्य नवीन सिग्देलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives