काँग्रेसद्वारा निर्वाचन अनुगमन समिति गठन

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ९, २०७६
congress

पोखरा, ९ मंसिर । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनको अनुगमनका लागि नेपाली काँग्रेस कास्कीले अनुगमन समिति गठन गरेको छ ।

काँग्रेस केन्द्रीय अनुगमन समितिको मातहत रहेर निर्वाचनको अनुगमनका लागि जिल्लादेखि वडास्तरसम्म समिति गठन गरिएको छ ।

राजेन्द्रनिधि कोइरालाको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समिति गठन गरिएको हो । समितिको सदस्यमा कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराई, डिएलए अध्यक्ष विष्णुप्रसाद शर्मा, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र जिल्ला सदस्य बिन्दुकुमार भण्डारी छन् ।

निर्वाचन क्षेत्रका ११ वटा वडामा पनि काँग्रेसको तर्फबाट अनुगमन समिति विस्तार गरिएको छ । पार्टीका प्रतिनिधि संयोजक तथा प्रेस युनियन र डिएलएका प्रतिनिधि सदस्य रहने गरी तीन सदस्यीय समित गठन गरिएको हो ।

जसमा वडा नं ४ मा बालगोपाल श्रेष्ठ संयोजक र फणिन्द्रराज कोइराला, सरीता तिमिल्सिना सदस्य छन् । वडा नं ७ मा शोभाचन्द्र बराल संयोजक र मातृकाराज घिमिरे, लोकेन्द्र ढकाल सदस्य, वडा नं ८ मा दुर्गाप्रसाद तिमिल्सिना संयोजक र नारायणप्रसाद पौडेल, प्रदीप पौडेल सदस्य छन् ।

वडा नं ९ मा श्रीधर पराजुली संयोजक र अनिषा श्रेष्ठ, विष्णुप्रसाद पराजुली सदस्य, वडा नं ११ मा निर्मल कर्माचार्य संयोजक र रोहितराज बास्तोला, रवीना आले सदस्य, वडा नं १५ मा भेषराज गौतम संयोजक र दयाराम गौतम, ज्योती हमाल सदस्य छन् ।

साथै वडा नं १६ मा नारायणी तिमिल्सिना संयोजक र शालिकराम भट्टराई, यदुनाथ बञ्जरा सदस्य, वडा नं १७ मा नम्रता बराल संयोजक र सन्तोष अधिकारी, बिमला भण्डारी सदस्य, वडा नं २० मा महेन्द्र अधिकारी संयोजक र कमल थापा, विजय लम्साल सदस्य, वडा नं २१ मा डा रामचन्द्र पोखरेल संयोजक र कमलपति शर्मा, टंकराज अधिकारी सदस्य, वडा नं ३३ मा विष्णु पौडेल संयोजक र जीवन पौडेल, सन्दिप पौडेल सदस्य छन् ।

समितिले निर्वाचनको क्रममा पार्टी र प्रतिपक्षको भूमिका, नेताका गतिविधि, आचारसंहिता, प्रचारप्रसार लगायतको अनुगमन गरी संयोजकमार्फत् केन्द्रीय अनुगमन समितिलाई प्रतिवेदन बुझाउने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives