काँग्रेसद्वारा  निर्वाचन आयोगमा अर्को उजुरी

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ८, २०७६
flag

पोखरा, ८ मंसिर । नेपाली कांग्रेस कास्कीले निर्वाचन उल्लंघनका कार्य भएको भन्दै निर्वाचन आयोगमा अर्को उजुरी दिएको छ ।

केही दिन अघि पोखरा–१५ मा जनप्रतिनिधिले नै कम्वल वितरण गरेको भन्दै उजुरी दिएको कांग्रेसले आइतबार पुनः अर्को उजुर दिएको हो ।

उजुरीमा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा–१७ कै होटल सांग्रीलादेखि महतगौंडासम्मको बाटोमा डोजर प्रयोग गरी पाइप विछ्याउने कार्य गरेको उल्लेख छ ।

सो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विपरितको हुने कांग्रेसको दावी छ । नियमानुसार वडाध्यक्ष अधिकारीलाई कार्वाहीको माग समेत कांग्रेसले गरेको छ ।

आयोगमा उक्त उजुरी उपनिर्वाचन मूल प्रचारप्रसार समिति कास्की क्षेत्र नं. २ का संयोजक देवेन्द्र रानाभाटले दर्ता गराएका हुन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives