काँग्रेसद्वारा मादीको शिक्षा शाखा कार्यालयमा तालाबन्दी

राष्ट्र न्यूज सम्वाददाता
जेठ २८, २०७७
madi
पोखरा, २८ जेठ । नेपाली काँग्रेस मादी गाउँपालिका इकाईले गाउँपालिकाको शिक्षा शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
नेपाल सरकारको शिक्षा ऐन विपरीत गाउँपालिकाले मादी ३ स्थित सिताराम माविमा आफू अनुकुल कार्यविधि बनाइ गैरअभिभावकलाई लिएर विद्यालय व्यवस्थापन समिति गठन गरेको, शिक्षा क्षेत्रमा योगदान नै नभएका व्यक्तिहरुलाई समितिमा नियुक्त गरेको भन्दै तालाबन्दी गरेको नेपाली काँग्रेस मादी इकाईका सचिव भानु ढकालले जानकारी दिए ।
गाउँपालिका प्रमुख बेदबहादुर गुरुङसँग छलफल गर्दा समेत बेवास्ता गरेपछि तालाबन्दी गर्न बाध्य भएको नेपाली कांँग्रेस मादीका सभापति देवीजंग गुरुङले बताए । उनले काँग्रेसको संयमतालाई कमजोरीका रूपमा नलिन चेतावनी दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives