काँग्रेस क्षेत्र नंं. ३ कास्कीका उपसभापति गुरुङलाई मातृशोक

राष्ट्र न्यूज सम्वाददाता
माघ ४, २०७४
congress

पोखरा, ४ माघ। नेपाली काँग्रेस क्षेत्र नंंं. ३ कास्कीका उपसभापति कमलबहादुर गुरुङलाई मातृशोक परेको छ।

उनकी आमा ९१ वर्षकी ननसुवा गुरुङको आफ्नै निवास लामाचौरमा निधन भएको हो।
साविक ल्वाङ घलेल–४ लुम्ले निवासी गुरुङका चार छोरा दुई छोरी रहेका छन्। गुरुङको बुधवार अन्त्येष्टी गरिएको छ।

अन्त्येष्टीमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभपाति पोषनाथ शर्मा, महासमिति सदस्य आइबहादुर गुरुङ, महासमिति सदस्य दीपक गुरुङ, क्षेत्रीय सचिव खिमलाल बाँस्तोला लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

उनको निधन प्रति नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी दुःख व्यक्त गरेको छ।

नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीका सभापति पोषनाथ शर्माले जारी गरेको विज्ञप्तिमा गुरुङको निधनले पार्टी स्तव्ध भएको जनाउदै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives