काँग्रेस नेता केसीको अत्येष्टि, कास्की काँग्रेसद्वारा दुःख व्यक्त

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १८, २०७७
surya buwa

पोखरा, १८ कात्तिक । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको अन्येष्टि गरिएको छ ।

विगत लामो समयदेखि सुगर र प्रेसरबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो । पोखरा शान्तिघाटमा मङ्गलबार हिन्दू संस्कार अनुसार उनको अत्येष्टि गरिएको हो । उनका एक श्रीमती र तीन छोरा छन् ।

पोखरा ७ एयरपोर्टस्थित केसी निवासमा पार्टीकोतर्फबाट अन्तिम श्रद्वाञ्जली अर्पण गरिएको नेपाली काँग्रेस कास्कीका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेका क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पोखरा ७ का इकाइ सभापति नवीन बरालले पार्टीको चार तारे झण्डा ओढाएका थिए ।

स्वर्गीय केसीप्रति श्रद्वाञ्जली अर्पण गर्न काँग्रेससहित विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, आफन्त, शुभेच्छुकहरुको ठूलो संख्यामा भिड लागेको सचिव देवेन्द्र रानाभाटले जानकारी दिए ।

यसैबीच, नेपाली काँग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशित गरी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टीलाई व्यवस्थित र सुदृढिकरण गर्दै पार्टीको विकास र विस्तार तथा कार्यकर्ताको मनोबल उकास्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता केसीको निधनले पार्टीलाई अपूरणिय क्षति पुगेको उल्लेख छ ।

सफल राजनीतिकर्मी, समाजसेवी, प्रतिष्ठित व्यवसायीको निधनले हामीलाई मर्माहत बनाएको छ कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी शोक विज्ञप्तिमा भनिएको छ, उहाँले शिक्षा, स्वास्थ्य र संचार क्षेत्रमा पुर्याएको योगदान सदैव स्मरणीय रहने छ ।

विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives