काँग्रेस बैठक शुरु

राष्ट्र न्यूज सम्वाददाता
माघ ४, २०७४
congress

पोखरा, ४ माघ। नेपाली काँग्रेसको बैठक राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुरु भएको छ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको झण्डै साढे एक महिनापछि काँग्रेस केन्द्रीय कार्य समितिको बैठक बसेको हो। निर्वाचनको समीक्षाका लागिभन्दै पार्टीभित्रका नेताहरुले पटक पटक सभापति शेरबहादुर देउवालाई भेटेर बैठक बोलाउन दबाब दिदै आएका थिए।

आजको बैठक राष्ट्रियसभा निर्वाचन र उम्मेदवार मनोनयनमा केन्द्रित हुने बताइएको छ। आगामी माघ २४ गतेका लागि तय राष्ट्रियसभा निर्वाचनको उम्मेदवार मनोनयन यही माघ १० गते हुने कार्यतालिका छ ।

यो विषयसँगै पराजयको गम्भीर समीक्षा, रूपान्तरणको अभियान, महासमिति वा विशेष महाधिवेशन बोलाउने लगायत बिषयमा छलफल हुने छ।

नेता तथा कार्यकर्ताले पार्टी सुदृढिकरणका लागि गम्भिर छलफल गर्न नेतृत्वलाई सुझाव दिइरहेका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives