काँग्रेस वडा सहसभापति थापालाई मातृशोक, पूर्व सभापति लामिछानेलाई पत्नीशोक

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १०, २०७७
flag

पोखरा, १० मंसिर । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २५ का इकाइ सहसभापति दानबहादुर थापालाई मातृशोक परेको छ ।

उनकी ममतामयी आमा बालुदेवी थापाको ८५ वर्षको उमेरमा मङ्गलबार राति पोखरा २५ तल्लो हेमजास्थित निवासमा निधन भएको हो ।

दुई छोरामध्य दानबहादुर जेठा छोरा हुन् । थापा स्थानीय तहको निर्वाचनमा काँग्र्रेसको तर्फबाट वडा नं २५ मा वडाध्यक्षको उम्मेद्वार बनेका थिए । बालुदेवीका श्रीमान्, दुई छोरा र तीन छोरी छन् ।

उता पोखरा ६ का पूर्व इकाइ सभापति एवं पूर्व वडाध्यक्ष होमबहादुर लामिछानेलाई पत्नीशोक परेको छ । उनकी श्रीमती शिव लामिछानेको ७९ वर्षको उमेरमा निधन भएको हो । विगत ४ वर्षदेखि शिव क्यान्सरबाट पीडित थिइन् । उनी नेपाल महिला संघ पोखरा ६ को इकाइ सभापति पनि हुन् । शिवका श्रीमान्, तीन छोरा र एक छोरी छन् ।

दिवंगत दुवैप्रति नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका उपसभापति आइबहादुर गुरुङ, क्षेत्र नं ३ का क्षेत्रीय सभापति पोषनाथ शर्मा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर, कास्की काँग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।

यसैबीच कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी दुवै परिवारमा परेको शोकप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives