काँग्रेस सभालाई लक्षित गरी बम

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ७, २०७४
1200px-Nepali_Congress_Edited.svg

पोखरा, ७ मंसिर। काँग्रेसले चरिकोटस्थित सातदोबाटोमा आयोजना गर्न लागेको चुनावी सभालाई लक्षित गरी बम राखिएको छ।

सभास्थलभन्दा एक किलोमिटर पर ध्यावापानीमा सकेट बम फेला परेको बताइएको छ। स्थानीय भिमेश्वर – ६ को वडा कार्यालयमा बम भेटिएपछि त्यहाँको वातावरण आतंकित बनेको छ। बम निष्कृयपार्ने तयारी भैरहेको सुरक्षाअधिकारीको भनाई छ।

काँग्रेसले गर्न लागेको चुनावी सभामा काँग्रेसका नेता एवं पूर्वमन्त्री बालकृष्ण खाँड सहभागि हुने कार्यक्रम छ।

पछिल्ला केहि दिनयता चुनावमा होमिएका उम्मेदबार र चुनावलाई लक्षित गरी विभिन्न स्थानमा श्रृङ्खलाबद्व आमक्रणका घटना भईरहेका छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives