काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १५, २०७६
Health camp

पोखरा, १५ वैशाख । स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १३ काँहुखोलामा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

जनकल्याण समिति र सत्य युवा क्लबको संयुक्त आयोजना तथा विनायक फर्म काँहुखोलाको व्यवस्थापनमा शिविर भएको हो ।

शिविरबाट चार सय जना लाभान्वित भएको विनायक फर्मका संचालन नारायण बरालले जानकारी दिए ।

शिविरमा डा. बुद्विसागर सापकोटा, डा. भिम सिग्देल, डा. सृजना शर्मा, डा. रनजुना थकाली, डा. अमृता घिमिरे, डा. विजय रानाभाट, डा. विमल बास्तोला , डा. सुदिपगोपाल पराजुली र डा. आशिष त्रिपाठीले उपचार सेवा प्रदान गरेका थिए ।
शिविर पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा जनकल्याण समितिका अध्यक्ष देवराज बराल र सत्य युवा क्लबका सचिव विशाल गुरुङ लगायतले शिविरको महत्व बारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives