कालिका सामुदायिक डिप बोरिङको साधारण सभा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २८, २०७७
boring

पोखरा, २८ मंसिर । कालिका सामुदायिक डिप बोरिङको चौथो साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका ३३ का वडाध्यक्षले शिवराज आचार्यले संस्थाको उन्नति र विकासका लागि वडाको तर्फबाट आवश्यक स्रोत उपलब्ध गराउने बताए ।

कार्यक्रममा समाजसेवी केशर प्रसाद निर्दोषी, पदमराज लामिछाने, रीता आचार्यले बोलेका थिए । संस्थाका उपभोक्ता निर्मल आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष कुलप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी सञ्जय आचार्यले स्वागत र सचिव पदमराज पौडेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives