कास्कीमा काँग्रेसको प्रदर्शनको तयारी पूरा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २८, २०७७
kaski congress

पोखरा, २८ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ ।

वडा तह देखि नै प्रदर्शन केन्द्रीत भएर तयारी गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेका छन् ।

पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत पोखरामा वीपी चोकबाट प्रदर्शन शुरु हुने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । प्रदर्शन महेन्द्रपुल हुँदै पृथ्वीचोकमा पुगेर विरोध सभामा परीणत हुने छ ।

कास्की काँग्रेसले प्रदर्शनका सहभागीलाई अनिवार्य मास्क लगाउन, बेला बेलामा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

विरोध सभालाई नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम छ ।

काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives