कास्कीलाई अपाङ्गता मैत्री जिल्ला बनाऔं – गुरुङ

राष्ट्र न्यूज सम्वाददाता
असार २२, २०७५
DSC00998

पोखरा, २१ साउन । अपाङ्गता मैत्री समाज कास्कीको प्रथम अधिवेशन तथा साधारणसभा पोखरामा बिहीबार सम्पन्न भयो ।

साधारणसभाले सचिव दण्डपाणि ढकालले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष चिज गिरीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

यसअघि अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि महिला नेतृ सरस्वती गुरुङले अपाङ्गता भएकालाई दया र माया नभएर नीतिगत रुपमा नै संरक्षित गर्नुपर्ने बताईन् ।

उनले कास्कीलाई अपाङ्गता मैत्री जिल्ला बनाउनुपर्नेमा जोड दिदै अपाङ्गता भएकाहरुबीच एकता आवश्यक रहेको औल्याईन् ।

नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलले गणतन्त्रपछि पनि अपाङ्गताका क्षेत्रमा हुनुपर्ने काम हुन नसकेको उल्लेख गरे ।

सामुदायिक प्रहरी एवं सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईले राज्यले नै अपाङ्गता भएकाहरुको उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा बताए ।

समाजसेवी गिमाया गुरुङले हिनताबोध त्यागेर हिम्मतका साथ अघि बढ्न आग्रह गरिन् ।

स्वाबलम्बन जीवन पद्वती केन्द्र पोखराका अध्यक्ष हेम गुरुङले अपाङ्गता बारेमा सोच्न फराकिलो मन र सोच जरुरी भएको बताए ।

कार्यक्रममा मातृ सेवा प्रतिष्ठान नेपालकी अध्यक्ष तुलसा पाण्डे र डिडा नेपालकी सदस्य अञ्जना गुरुङले पनि बोलेकी थिईन् ।

अपाङ्गता मैत्री समाज कास्कीका अध्यक्ष सन्त परियारको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सन्ध्या पौडेलले स्वागत, सचिव दण्डपाणि ढकालले धन्यवाद र उपाध्यक्ष कृष्ण भुजेलले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा २० जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरिएको थियो भने एक÷एक जनालाई रेडीयो र सहायता सामाग्री प्रदान गरिएको थियो ।

त्यसअसवरमा कलाकारहरु रामजी पौडेल र ज्योती लोहनीले साङ्गितिक प्रस्तुती राखेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives