पोखरा, २० भदौ । नेपाली काँग्रेस कास्कीले स्थानीयतह पुनसंरचना अनुसार क्षेत्र नं १ र २ मा समायोजन गरेको छ ।
सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य र वडा सभापतिको भेलाले २ क्षेत्रमा समायोजन गरेको हो ।
स्थानीय तह संगठन पुनसंरचना अन्तरिम व्यवस्था निर्देशिका २०७६ अनुसार समायोजन गरिएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
कास्की क्षेत्र नं १ को सभापतिमा बृजमान गुरुङ यथावत् रहेका छन् । सो क्षेत्रको (क) को सभापतिमा शरदराज सुवेदी र (ख)को सभापतिमा कृष्ण कोइराला चयन भएका छन् ।
त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा माधव बास्तोला ‘मधु’, सो क्षेत्रको (क)को सभापतिमा विजयराज आचार्य र (ख) को सभापतिमा दिपेन्द्र मरासिनीले जिम्मेबारी पाएका छन् ।
Related News
सम्बन्धित समाचार
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
सोंथर बेँसी मेलाको तयारी तिव्र
Archives
Archives