कास्की काँग्रेसद्वारा गिरफ्तार विद्यार्थी रिहा गर्न माग

राष्ट्र न्यूज सम्वाददाता
श्रावण १, २०७६
42044712_10217344373508381_4507669297862017024_n

नेपाली काँग्रेस कास्कीले मङ्गलवार विज्ञप्ति प्रकाशित गरी प्रहरीले गिरफ्तार गरेका नेपाल विद्यार्थी संघका विद्यार्थी नेतालाई तत्काल रिहा गर्न माग गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ष्ण केसीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थीलाई कुटपिट र गिरफ्तार गर्नु निन्दनिय भएको उल्लेख छ ।

विज्ञप्तिमा गिरफ्तार विद्यार्थी नेताहरु टेनिस श्रेष्ठ, फिरोज सुबेदी, निश्चल पाण्डे, नन्दलाल सापकोटा, विकास रानाभाट र राजीव भण्डारीलाई तत्काल रिहा गर्न माग गरिएको छ ।

साथै विज्ञप्तिमा प्रहरीको कुटपिटबाट घाइते भएका विद्यार्थी नेताहरु पशुपति भट्टराई, दिपेन्द्र गौतम, सन्देश क्षेत्री, ध्रुवराज अधिकारी र गौरव बरालको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

पोखराको इन्जिनियरिङ कलेज फिर्केमा नेवि संघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

त्यस्तै, नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले पनि गिरफ्तार विद्यार्थी रिहा गर्न माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives