कास्की काँग्रेसद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश

राष्ट्र न्यूज सम्वाददाता
जेठ २६, २०७५
34813417_1944847732201161_5172531871665356800_n

पोखरा, २५ जेठ । नेपाली काँग्रेस कास्कीले शुक्रबार चार नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ ।

सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन कास्की काँग्रेसले ज्ञापनपत्र बुझाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन कास्की काँग्रेसका नेता तथा भातृ संगठनका प्रतिनिधिहरु पुगेका थिए ।

ज्ञापनपत्र बुझाउदै कास्की काँग्रेसका सभापति कृष्ण केसीले अन्र्तराष्ट्रिय विमानस्थल कस्केलीको चाहाना र चार नम्बर प्रदेशको समृद्विसँग जोडिएको विषय भएकाले कुनै पनि बहानामा गरिने षडयन्त्र स्वीकार्य नहुने बताए ।

उनले विमानस्थल निर्माणमा अवरोध सृजना गरिए प्रतिरोधपूर्ण शशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

ज्ञापनपत्र बुझदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चार नम्बर प्रदेशलाई पछि पार्ने काम हुन नदिने बताए ।

विमानस्थल निर्माणमा जस्तो सुकै बाधा÷ब्यवधान आएपनि रोक्न नहुने उनको भनाइ छ । उनले विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई सवै मिलेर निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईका अनुसार, ज्ञापनपत्रमा विमानस्थल निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु पोखरामा विमानस्थल बन्न नदिने षडयन्त्र भएकोभन्दै खेद प्रकट गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विज्ञ समितिको प्रतिवेदन दुरासयपूर्ण रहेको र पोखराकै विभागीय मन्त्रीले विमानस्थलको बारेमा दिएका षडयन्त्रपूर्ण अभिव्यत्तिले विमानस्थल निर्माणमा चलखेल र कमिशनको खेल त होइन भन्ने गम्भिर आशंका उत्पन्न गराएको ज्ञापनपत्रमा उल्लेख छ ।

सवै प्रक्रिया पूरा भयो भनेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले विमानस्थल शिलान्यास गरेको स्मरण गराउँदै आज उनै ओली प्रधानमन्त्री भएका बेला उडानका लागि योग्य नभएको प्रतिवेदन तयार पार्न लगाउनु गम्भिर षडयन्त्र भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०८०
    पोखरा, १८ फागुन । पोखरा १३ मा जब फेयर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ कार्यालयको आयोजनामा…
  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…

Archives

Archives