कास्की काँग्रेसमा भूपू सैनिक, सरकारसँग आक्रोश

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ९, २०७७
kaski congress

पोखरा, ९ मंसिर । सरकारले ज्येष्ठ नागरिकलाई दिदै आएको भत्ता भूपू सैनिकलाई नदिइ कटौती गरी अन्याय गरेको भन्दै कास्कीका भूपू सैनिकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल भूपू सैनिक संघ कास्कीको पहलमा पोखराको चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा भेला भएका भूपू सैनिकहरुले त्यस्तो चेतावनी दिएका हुन् ।

कास्की काँग्रेसका सभापति कृष्ण केसी समेत उपस्थित भेलामा भूपू सैनिकहरुले सरकारले आफूहरुमाथि गरेको अपमान र अन्याय विरुद्व साथ दिन आग्रह गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षको साउनदेखि ज्येष्ठ नागरिक भारतीय र बिट्रिस भूपू सैनिकलाई भत्ता कटौती गरेको थियो ।
भेलामा कास्की काँग्रेसका सभापति कृष्ण केसीले राज्य सबै नागरिकका लागि बराबर बन्नुपर्ने बताए ।

नेपाल भूपू सैनिक संघका केन्द्रीय सल्लाहकार झुमबहादुर गुरुङले सरकारले निर्णय नसच्याए ९५ वर्षका भूपू आमरण अनसन बस्ने चेतावनी दिए ।

अर्का सल्लाहकार हेमप्रसाद गुरुङले सरकारले भत्ता कटौती गरी ज्येष्ठ नागरिकको अपमान गरेको उल्ल्ेख गरे ।

नेपाल भूपू सैनिक संघ कास्कीका अध्यक्ष खम्बासिंह गुरुङले सरकारको निर्णय विरुद्व सबै भूपू सैनिक एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

भूपू सैनिक दिलीप गुरुङले भत्ता कटौतीको निर्णय भूपू सैनिकमाथिको ठूलो अन्याय भएको बताए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives