कास्की काँग्रेसमा महासमिति सदस्य चयन, जिल्ला सदस्यमा पाण्डे

राष्ट्र न्यूज सम्वाददाता
असाेज २१, २०७५
42044712_10217344373508381_4507669297862017024_n

पोखरा, २० असोज। कास्की काँग्रेसका तीन वटा निर्वाचन क्षेत्रमा शनिवार महासमिति सदस्य चयन गरिएको छ।

जिल्लाको साविक क्षेत्र १, २ र ३ मा महासमिति सदस्य चयन गरिएको हो। क्षेत्र ४ मा भने १३ औं महाधिवेशनकै समयमा सदस्य चयन गरिएको थियो।

क्षेत्र १ मा खुला र महिला दुवैमा निर्वाचनबाट चयन गरिएको छ। सो क्षेत्रबाट खुलातर्फ कृष्णबहादुर केसी (१६५), यज्ञबहादुर थापा (१४७), बुद्विमान गुरुङ (१२६) र गिरीराज गौतम (११६) विजयी भएका छन्। अन्य प्रतिस्पर्धी तिलक रानाभाटले एक सय आठ र सुदीपमोहन भट्टराईले ८८ मत प्राप्त गरेका थिए।

महिलातर्फ कोपिला रानाभाट (१०८) विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी चन्द्रावती पौडेलले ९८ मत ल्याइन्।

क्षेत्र २ मा खुलातर्फ सर्वसम्मत् महासमिति सदस्य चयन भए पनि महिलातर्फ निर्वाचन भएको छ। खुलातर्फ बाबुराम आचार्य, गुरु बराल, ऋषि काफ्ले र कृष्ण कार्की चयन हुँदा महिलातर्फ भएको निर्वाचनमा खेमकुमारी बराल विजयी भइन् । बरालले ७३ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी शारदा पौडेलले ४१ मत ल्याइन्। सो क्षेत्रमा रिक्त रहेको जिल्ला सदस्यमा पुष्पेन्द्र पाण्डे सर्वसम्मत् चयन भएका छन्।

क्षेत्र ३ मा भने सर्वसम्मत् रुपमा महासमिति सदस्य चयन गरिएको क्षेत्रीय सभापति विजयराज आचार्यले जानकारी दिए। खुलातर्फ सोभियतबहादुर अधिकारी, देवराज चालिसे, रामजी कुँवर, केशर निर्दाेषी र महिलातर्फ वृन्दादेवी रानामगर चयन भएकी छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives