कास्की काँग्रेसले कात्तिक २० गते शुभकामना आदानप्रदान तथा चियापान गर्ने

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १४, २०७५
42044712_10217344373508381_4507669297862017024_n

पोखरा, १४ कात्तिक । नेपाली काँग्रेस कास्कीको बुधबार बैठक बसेको छ ।

बैठकले दशैं, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारको अवसरमा कात्तिक २० गते पार्टी कार्यालय चिप्लेढुङ्गामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

बैठकले नेकपाका कार्यकर्ताले सर्लाहीमा काँग्रेस कार्यकर्तालाई गोलिहानी हत्या गरेको घटनाको भत्सर्ना गर्दै हत्यामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

साथै बैठकले भूपू सैनिक संघ कास्कीका अध्यक्ष क्या. टिकप्रसाद गुरुङ, नेपाली काँग्रेस लाहाचोकका संस्थापक सभापति डिल्लिराम अधिकारी, पोखरा – ३३ भरतपोखरीका सहसंयोजक सरोज अधिकारी, पूर्व कार्यालय सचिव मोहन गिरी, नेपाल तरुण दल मिजुरेडाडाँका अध्यक्ष मनोज गुरुङ र क्षेत्रीय प्रतिनिधि हिमानन्द बस्ताकोटीको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives