कास्की काँग्रेसले प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउने

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २६, २०७७
kaski congress

पोखरा, २६ मंसिर । नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी र व्यवस्थित बनाउने भएको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले प्रभावकारी र व्यवस्थित ढंगबाट प्रदर्शन गर्ने निर्णय गरेको हो । प्रदर्शनका लागि पार्टीका सबै तहबाट प्रदर्शनको तयारी तिव्र पारिएको प्रवत्ता नवीन सिग्देलले बताए ।
पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत पोखराको वीपी चोकबाट शुरु हुने प्रदर्शन महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभामा परीणत हुने छ । कोणसभालाई नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।
कास्की काँग्रेसले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेको छ ।

बैठकले उच्च अदालत बार एशोसियशन पोखरामा डिएलए नेतृत्वको समूह निर्विरोध निर्वाचित भएकोमा बधाइ ज्ञापन गरेको छ ।

त्यस्तै बैंठकले साविक पार्चे गाविसका पूर्व अध्यक्ष कर्णसिंह गुरुङ र साविक धितालका पूर्व इकाइ सभापति गजवीर गुरुङको निधन भएकोमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives