कास्की काँग्रेसले ३ वटै क्षेत्रमा वृक्षरोपण गर्ने

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २३, २०७६
flag

पोखरा, २४ भदौ । नेपाली काँग्रेस कास्कीले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी जनजागरण अभियानको दोस्रो चरण शुभारम्भ गर्ने भएको छ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरणको दोस्रो चरण कास्कीमा भदौ २४ गते ३ वटै निर्वाचन क्षेत्रमा वृक्षरोपण गरी शुभारम्भ गरिने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

क्षेत्र नं १ र ३ मा प्रदेशस्तरीय र क्षेत्र नं २ मा क्षेत्रीयस्तरको वृक्षरोपण कार्यक्रम गरिने छ । क्षेत्र नं १(क) को त्रिभुवन शान्ति मावि खुदी, १(ख)को पोखरा १४, क्षेत्र नं ३(क) को लामाचौर र ३(ख)को अन्नपूर्ण ३ लुम्लेमा वृक्षरोपण गरिने छ ।

क्षेत्र नं २ को पोखरा ९ स्थित वीपी बाटिकामा वृक्षरोपण गरिने छ । सो कार्यक्रम काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives