पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले काँग्रेसबाट पोखरा महानगरपालिकाका वडाहरुमा निर्वाचित वडाध्यक्षहरुसँग बैठक गरेको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैठकमा कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र १० वटा वडाका वडाध्यक्षहरु सहभागी थिए ।
बैठकले लकडाउन लम्बिरहेका बेला गरीब तथा विपन्न परिवारका लागि राहत अत्याश्यक भएकाले राहतको व्यवस्थापन गर्न र कास्कीमा कोरोना परीक्षणको दायरा बढाउन माग गरेको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले बताए ।
बैठकमा कोरोनापछि आमनागरिकमा परेको असरसँगै जनप्रतिनिधि र पार्टीले निर्वाह गर्नुपर्ने भूमिका विषयमा छलफल भएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा मादल बजाउने तालिम
स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै
एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो
कम्प्युटर र नेतृत्व विकास तालिम
Archives
Archives