कास्की जिल्ला साईकल संघको अध्यक्षमा भण्डारी

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १०, २०७५
Sankar bhandari_n

पोखरा, ९ भदौ । कास्की जिल्ला साईकल संघको पोखरामा शनिवार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा सुवास सिग्देल, द्वितिय उपाध्यक्षमा अशोक चालिसे, सचिवमा जगन विश्वकर्मा, कोषाध्यक्षमा इन्द्र गुरुङ छन् । सदस्यहरु पुष्प कमल पौडेल, हरि थापा, तीर्थ राज अवस्थी, कमल नेपाली, जमुना थापा र अब्राहम खान छन् ।

यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं विकास समितिका अध्यक्ष दिपक कोइरालाले सात ताल जोड्ने साईकल ट्याक आवश्यक रहेको बताए । उनले साईकल प्रयोगबाट हुने फाईदा बारे सबै उमेर समूहमा जनचेतना अभिबृद्वि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा साईकल सिटीका अध्यक्ष प्रकाश बज्राचार्यले पनि बोलेका थिए ।

कास्की जिल्ला साईकल संघका अध्यक्ष दिलिपराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुवास सिग्देलले स्वागत र सचिव जगन विश्वकर्माले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives