कुल सेवा समितिको अध्यक्ष केशवबहादुर खत्री

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ३, २०७५
12715491_122075981512366_7893181576775451634_n

पोखरा, ३ बैशाख । भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समितिको प्रथम अधिवेशनले केशवबहादुर खत्रीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा प्रेमबहादुर खत्री, महासचिवमा विष्णुमाया खत्री, कोषाध्यक्षमा यानबहादुर खत्री, सचिवमा ध्रुर्वबहादुर खत्री छन्।

सदस्यमा सरस्वती खत्री, गणेशबहादुर खत्री, नारायणबहादुर खत्री, कमला खत्री, श्यामबहादुर खत्री, मेजनबहादुर खत्री , रामचन्द्र खत्री र अनु खत्री छन्।

अधिवेशनले महासचिव विष्णुमाया खत्रीले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष यानबहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा गणेशबहादुर खत्री, कानुनी सल्लाहाकार मनबहादुर खत्री, मनिषा खत्री लगायतले बोलेका थिए ।

कार्यक्रम भारद्वाज गोत्रीय सुवेदी खत्री कुल सेवा समितिका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives